अविनाश चौधरी
धनगढी, फागुन २३ गते । कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । शनिबार बिहान ६ बजेसम्मको मतगणना परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका कोमल ज्ञावाली फराकिलोे मतान्तरका साथ अग्र स्थानमा हुनुहुन्छ ।
उहाँले १५ हजार २१ मत प्राप्त गर्नु भएको छ । ज्ञावालीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनक चौधरीले नौ हजार ७१७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, क्षेत्र नम्बर २ मा रास्वापका केपी खनाल तीन हजार ३०७ मतका साथ अग्रता लिनु भएको छ । नेकपा (एमाले) का सूर्यबहादुर थापाले दुई हजार १२२ मतका साथ खनाललाई पछ्याइ रहनुभएको छ ।
क्षेत्र नम्बर ३ मा रास्वपाकै जगतप्रसाद जोशी सात हजार ८८६ मत प्राप्त गरी अग्रता बढाइ रहनुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले पाँच हजार ५८३ मत प्राप्त गर्नु भएको छ ।
क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइरालाले छ हजार २९९ मतका साथ अग्रता बढाइ रहनुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेपाली कांग्रेसका गोरखबहादुर विष्टले दुई हजार ५२५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्द २० हजार १४३ मत प्राप्त गरी फराकिलो मतान्तर बनाउनुभएको छ । उहाँको निकटमा रहनुभएका नेपाली कांग्रेसका नरनारायण शाह मनुले सात हजार १४७ मत प्राप्त गर्नुभएको छ ।