• २३ फागुन २०८२, शनिबार

चितवन १ मा रास्वपाको अग्रता

blog

वसन्त पराजुली
नारायणगढ फागुन २३ गते ।
चितवन १ मा  रास्वपाका हरि ढकालको अग्रता कायमै छ । उहाँले ३० हजार ४६४ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई पच्छ्याई रहनुभएका नेकपा एमालेका दावा दोर्जे लामाले सात हजार १४३, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ६ हजार ९७७  मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका कृष्णराज पन्तले दुई हजार ८५७ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी छ ।