हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तीन वटा गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाको अग्रता कायम रहेको छ।
सनत गिरी ‘गाउँले’ धेरै चिठी लेखेको थेँ तिमीलाई मैले । एउटा चिठी लेख भनी सम्झाएको अहिले ।
मुगुको एकमात्र निर्वाचन क्षेत्रमा मतगणना अझै सुरु हुन सकेको छैन। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका शनिबार बिहान ८ बजेसम्म पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नआइपुगेकाले मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम अनुसार रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन क्षेत्रमा अग्रता लिएको छ भने एक क्षेत्रमा नेपाली कांग्रेसको अग्रता छ ।
गोरखा क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै मतगणना प्रक्रिया स्थगित गरिएको हो।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार राजेश कुमार चौधरी आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै उत्साहजनक अग्रता कायम गर्नुभएको छ ।
चितवन १ मा रास्वपाका हरि ढकालको अग्रता कायमै छ । उहाँले ३० हजार ४६४ मत प्राप्त गर्नुभएको छ ।
सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कम्युनिष्ट पार्टीसँगको मतान्तर घटाउँदै लगेको छ । शनिबार बिहानको पछिल्लो विवरण अनुसार जिल्लामा खसेको ८३ हजार ६९२ मतमध्ये २९ हजार ६१३ मत गणना हुँदा नेकपासँग रास्वपाको मतान्तर २२३८ रहेको छ ।
दाङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विपिन आचार्यले भारी मतान्तरले अग्रता कायम गरिरहनुभएको छ ।
बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीको अग्रता कायम रहेको छ। गिरीले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई पछ्याइरहनुभएका नेकपा (एमाले) का लालबहादुर थापाले तीन हजार २४५ मत प्राप्त गर्नुभएको छ।
विलियम सेक्सपियरले आफ्नो विश्वप्रसिद्ध नाटक ‘रोमियो एन्ड जुलियट’ को एक संवादमा भनेका छन्, ‘ह्वाट्स इन अ नेम ?” अर्थात् ‘नाममा के राखिएको छ ?’ उनका अनुसार गुलाफलाई जुनसुकै नाम दिए पनि त्यसको सुगन्ध उस्तै रहन्छ । वस्तुको नाम फेरिँदैमा त्यसको गुण मेटिँदैन । यो भनाइ आफ्नो ठाउँमा सत्य छ तर मानव जीवनको सन्दर्भमा नाम केवल शब्द मात्र हो त ? नाम वास्तवमै के हो– एउ
पुस्तक प्रकाशनको सिलसिलामा झोँछेँस्थित शान्तदास मानन्धरको प्रभात प्रिन्टिङ प्रेसमा २०३७ सालतिर पुगेको थिएँ– म । त्यहीँ नै हो पहिलो पटक कलाकार केके कर्माचार्यको नाम सुनेको । त्यसपछिका वर्षमा कहिले औपचारिक र कहिले अनौपचारिक कार्यक्रमका सिलसिलामा समय समयमा हाम्रो भेटघाट हुन थाल्यो । विसं २०६४ देखि म काठमाडौँ आएपछि हामीबिच
पाल्पा–१ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिइरहनुभएको छ । उहाँले १० हजार ५२५ मत ल्याउनुभएको छ । उहाँलाई कांग्रेस उम्मेदवार सन्दीप रानाले पछ्याइरहनुभएको छ । उहाँले ९६१७ मत ल्याउनुभएको छ ।
सर्लाहीको क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले अग्रता थप बढाउँदै लैजानुभएको छ ।
सेती नदी चैनपुरको बजार सम्झी दिने होलान नि हजार फूलबारीमा चलेको बतास मेरो माया खोजीदेऊ कता छ ?