दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
भ्वाइस सेवाको आम्दानी निरन्तर गुमाइरहेको सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा पनि निरन्तर घट्दो क्रममा छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमले यो अवधिमा मात्रै ४१ करोड ४४ लाख रुपियाँ खुद नाफा गुमाएको छ ।
ग्रिनेदी इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । ग्रिनेदीले स्थानीयवासी तथा सर्वसाधारणलाई सेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
स्थानीय तहले सेवा प्रवाहलाई सहज रुपमा आमनागरिक समक्ष पुर्याउन निकै प्रयत्न गरेका छन् । नेपालको संविधानको मर्म अनुसार स्थानीय तहहरुले सेवा प्रवाह र विकास निर्माणका कार्यलाई नागरिक समक्ष पुर्याउन जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर लागेको पाइएको छ ।
निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार गम्भीर रहेको अर्थमन्त्री रामेश्वर खनालले बताउनुभएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सङ्कटको अवस्थामा पनि निजी क्षेत्रले देखाएको आँटलाई प्रशंसा गर्दै लगानीको सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर रहेको बताउनुभएको हो ।
गुल्मीको शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले मङ्गलाबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा पौने दुई अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको तीन महिना (साउन–असोज) एक अर्ब ७४ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
गैरकर सङ्कलन १३ अर्ब रुपियाँले घटे पनि समग्र कर सङ्कलनमा सामान्य सुधार देखिएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) सम्मको राजस्व सङ्कलनसम्बन्धी विवरण अनुसार यो अवधिमा सरकारले सबै शीर्षकमा गरेर तीन खर्ब २९ अर्ब ५१ करोड रुपियाँ कर सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब २९ अर्ब एक करोड रुपियाँ कर सङ्कलन भएको थियो ।
काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा लगाउँदा राज्यलाई अर्बौंको नोक्सान पु¥याउने गरी सम्झौता गर्नेमध्येका मुख्य आरोपित ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सडक पूर्वाधारतर्फका २५ वटा रुग्ण ठेक्का तोडिएका छन् । सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको जनाएको छ ।
जेनजी समूहले आयोजना गरेको आन्दोलन तथा प्रदर्शनका क्रममा आपराधिक समूहको आगजानी तथा तोडफोडबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ४१ करोड ७२ लाख एक हजार दुई सय रुपियाँ बराबरको क्षति भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले वार्षिक रूपमा पाठेघरको मुखको क्यान्सर लागेका करिब एक हजार जना बिरामीको उपचार गर्दै आएको छ । सरकारमातहत रहेको उक्त अस्पतालको तथ्याङ्कका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर भयावह अवस्थामा फैलिरहेको छ तर सचेतना अपनाइयो भने मात्र पनि यस्तो रोगबाट बच्न सकिन्छ ।
बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ।