• १६ चैत २०८२, सोमबार

नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा अग्रता बढाउदै रास्वपा

blog

बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन २३ गते ।
पश्चिम नवलपरासीमा शुक्रबारदेखि जारी मतगणनामा दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बढाउदै लगेको छ । मतगणना सुरु भएदेखिनै अगाडि देखिएका रास्वपाका उम्मेदवारको अग्रता बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार निर्वाचन क्षेत्र नम्बर एकमा रास्वपाका बिक्रम खनालले १४ हजार २५४ मत प्राप्त गर्दा कांग्रेसलाई पछि पार्दै जसपा नेपालका उम्मेदवार हृदयस त्रिपाठीले पाँच हजार ६९८ मत प्राप्त गर्नुभएको छ । रास्वपा र जसपा नेपालका उम्मेदवारले प्राप्त गरेको मतअन्तर ८ हजार ५५६ छ । काग्रेसका बिनोद चौधरीले चार हजार ८५ मत  प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका रामप्रसाद पाण्डेले दुई हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ मा रास्वपाका नरेन्द्र कुमार गुप्ताले फराकिलो अग्रता लिनुभएको छ । ४२ हजार २४२ मत गणना सकिदा गुप्ताले १९ हजार ६९५ मत प्राप्त गर्दा काग्रेसमा भिम बहादुर थापाले ८ हजार ४४० मतले उहाँलाई पछ्याइरहनुभएको छ । ११ हजार २५५ मतको अन्तरले रास्वपा यो क्षेत्रमा अगाडी छ ।

यसैगरी, जसपा नेपालका देवेन्द्र यादवले तीन हजार ७४७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका लेखनाथ खरेलले दुई हजार ३५३ मत पाउनुभएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका धुव्रबहादुर प्रधानले दुई हजार २४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवलपरासीको निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख २३ हजार ८० मतदाता रहेकोमा कुल ८२ हजार ७५४ मत (६७.२४ प्रतिशत) मतदान भएको थियो । त्यसैगरी क्षेत्र नम्बर दुईमा १ लाख ३१ हजार ७७ मतदाता रहेकोमा  ८९ हजार ५६० (६८.३३ प्रतिशत) मतदान भएको थियो । दुवै क्षेत्रमा अझै ९९ हजार ७९९ मत गणना हुन बाँकी छ ।

प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ मत, नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४ मत र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गर्नुभएको ।

जिल्लामा कुल ५७ हजार ९९४ मत खसेको थियो । त्यसमध्ये ५४ हजार ८३३ सदर मत र ३ हजार १६१ बदर मत रहेको छ ।

बझाङ जिल्लामा कुल एक लाख २६ हजार नौ सय तीन मतदाता रहेका छन् । तीमध्ये ६२ हजार दुई सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा २ अस्थायी मतदान केन्द्र, एक सय ८९ स्थायी मतदान केन्द्र तथा एक सय ३७ मतदानस्थल निर्धारण गरिएको थियो ।

निर्वाचन आयोगले परिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।  मानुपातिकतर्फको मतगणना भने सुरु भइसकेको छ ।