राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गोरखा –१ मा मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्बदलीय बैठकको निर्णयअनुसार गोरखा –१ को मतगणना सुरु भएको हो ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बेलायती राजपरिवारका पूर्वराजकुमार एन्ड्र्युलाई शाही उत्तराधिकारको रेखाबाट हटाउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । उहाँले एन्ड्र्युको व्यवहारलाई ‘निन्दनीय’ भन्दै त्यस्ता कार्यले शाही संस्थाको प्रतिष्ठामा गम्भीर असर पार्ने बताउनुभयो ।
इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नु भएको छ ।
अमेरिका-इजरायल र इरानबिच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबर आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि यसको प्रभाव देखिन थालेको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार सम्पन्न भएको छ ।
इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ । नेम्वाङले अहिलेसम्ममा दश हजार ९१९ मत प्राप्त गर्नु भएको छ ।
कास्की क्षेत्र नम्बर १ मा ठुलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस) विजयी हुनुभएको छ । पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजय हाँसिल गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी विजयी हुनुभएको छ।
कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
नेपाली कांग्रेसको किल्ला मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको छ । २०४८ सालपछि पहिलो पटक नयाँ उम्मेदवार बनाएको कांग्रेस रास्वपाका उम्मेदवार भन्दै निकैपछि पर्नु भएको छ ।
डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मतगणना अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ)ले अग्रता कायमै रहेको छ ।
गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उपाध्यक्ष गोकर्णराज बिष्टलाई ४९६ मतान्तरले पछाडी पार्दै जित हासिल गर्नुभएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिनुभएको छ । श्रम संस्कृति पार्टीका सानबहादुर राईलाई तीन हजार ३३२ मतलेपछि पार्दै एमालेका राईले अग्रता लिनुभएको हो ।