शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा(कपिलवस्तु), फागुन २३ गते । कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
कांग्रेसका अभिषेक प्रताप शाहले १७ हजार ५५१ मत ल्याउनु भएको छ । उहाँलाई रास्वपाका उम्मेदवार प्रकाश रजौरियाले १५ हजार ७६३ मत ल्याएर पछ्याइरहनुभएको छ । शाह र रजौरियाबिच एक हजार ७८८ को मतान्तर रहेको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १२ हजार ३४८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार सम्पन्न मतदानमा ७४ हजार ६०६ मतदाताले मतदान गरेका थिए ।