स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा ६५ घटेको छ ।
बिहानीपख घामको किरण गुर्जा गाउँमा परिसकेको थियो । भेडापालक कृषक दुर्गा विश्वकर्मालाई जङ्गलमा भेडा चराउन लैजाने हतारो थियो । चिसो मौसम सुरु भएसँगै भेडाबाख्राहरु यतिखेर हिमालको फेदीबाट गाउँ झरेका छन् ।
जर्मनी र नेदरल्यान्ड्स सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले स्लोभाकियालाई ६–० गोलले हरायो ।
टेम्केमैयुङ गाउँपालिका–३, अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।
१५ शय्याको बागलुङ नगर अस्पतालले आफ्नो सेवालाई थप विस्तार गरेको छ । स्थापनाको तीन वर्ष पछि दुई मेडिकल अधिकृतसहितबाट थप सेवा प्रदान गर्न थालिएको छ ।
भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ ।
एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।
जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा हालसम्म ८१ हतियार दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार हालसम्म यस जिल्लामा साना ठुला गरी कुल ८१ हतियार दर्ता भएका हुन् ।
निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी सूचना नरहेको जनाएको छ ।
म्याग्दीको बिकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बेनी–दरबाङ–ताकम–मुना–जलजला हुँदै ढोरपाटन जोड्ने उक्त सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारको समपूरक अनुदान र गण्डकी प्रदेश सरकारको बजेट गरी कुल एक अर्ब १७ करोड ८९ लाख रुपियाँ लागतमा उक्त आयोजना सञ्चालन गरिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दुई वटा ठेक्कामार्फत उक्त सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधीका लागि कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसीबिच मङ्गलबार फाइनल खेल हुँदैछ ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते एक उच्छृंखल समूहद्वारा उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।