महोत्तरी क्षेत्र नम्बर–१ बाट चौतीस हजार ६३६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आशिष गजुरेल विजयी बन्नुभएको छ ।
मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला भारतले रुसी कच्चा तेल आयात जारी राख्ने स्पष्ट सङ्केत दिएको छ । भारतीय सरकारले शनिबार जारी गरेको जानकारीअनुसार नयाँदिल्लीले रुसी तेल किन्ने विषयमा कुनै पनि देशको अनुमति आवश्यक नपर्ने अडान राखेको छ ।
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।
काभ्रेपलान्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतले विजयी हुनुभएको छ ।
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) का क्षितिज थेबे अग्रस्थानमा रहनुभएको छ ।
भूवैज्ञानिक र हिमनदी विज्ञ पुतलीबजार नगरपालिका–५ का डा. धनञ्जय रेग्मीले संसद्को यात्रा तय गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।
रुसले रातभर ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन् । आक्रमणपछि देशभरि हवाई चेतावनी जारी गरिएको अधिकारीहरूले शनिबार बताएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशकुमार चौधरी विजयी हुनु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै १५ हजार मतान्तर सहित महावीर पुनले म्याग्दीमा बाजी मार्नुभएको छ । म्याग्दीमा नौ जना उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट हेभीवेट नेताहरूलाई दोब्बर मतान्तर पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म कुल ३३ हजार ८७० मत गणना भइसकेको छ भने अझै करिब ५० हजार मत गणना हुन बाँकी रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले बताउनुभयो ।
तनहुँ क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ ।