भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ ।
एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।
जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा हालसम्म ८१ हतियार दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार हालसम्म यस जिल्लामा साना ठुला गरी कुल ८१ हतियार दर्ता भएका हुन् ।
निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी सूचना नरहेको जनाएको छ ।
म्याग्दीको बिकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बेनी–दरबाङ–ताकम–मुना–जलजला हुँदै ढोरपाटन जोड्ने उक्त सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारको समपूरक अनुदान र गण्डकी प्रदेश सरकारको बजेट गरी कुल एक अर्ब १७ करोड ८९ लाख रुपियाँ लागतमा उक्त आयोजना सञ्चालन गरिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दुई वटा ठेक्कामार्फत उक्त सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधीका लागि कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसीबिच मङ्गलबार फाइनल खेल हुँदैछ ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते एक उच्छृंखल समूहद्वारा उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थिति अनुसार आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन आयोग र सरकार आगामी निर्वाचनको तयारीमा जुटेका छन्
निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्याङ्क सोमाबार राति ९ बजेसम्मको हो ।
लुम्बिनी प्रदेशभरिमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार ४८८ जना नयाँ मतदाता थपिएका हुन् ।
सुर्खेतस्थित प्रदेश अस्पतालले दिने विभिन्न सेवाबारे कर्णाली प्रदेश सभाको विषयगत संसदीय समितिले चासो व्यक्त गरेको छ । पछिल्लो समय प्रदेश अस्पतालले प्रदान गर्ने सेवाबारे असन्तुष्टि सार्वजनिक हुन थालेपछि प्रदेश सभाको सामाजिक विकास समितिले चासो व्यक्त गर्दै प्रदेश सरकार र अस्पताल व्यवस्थापकलाई बोलाई छलफल गरेको छ । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो ।
जुम्लाको हिमा गाउँपालिकाका अधिकांश घरधुरीमा खानेपानीको पहुँच पुगेको पाइएको छ । खानेपानीको धारा विस्तार भएपछि घर घरमा स्वच्छ खानेपानी उपलब्ध हुन थालेको हो ।