• २३ फागुन २०८२, शनिबार

गीत

blog

सनत गिरी ‘गाउँले’ 

धेरै चिठी लेखेको थेँ तिमीलाई मैले ।

एउटा चिठी लेख भनी सम्झाएको अहिले ।


तिम्रो माया मलाई सागरको पानी सरी

तिमी पनि माया गर मलाई पनि यसै गरी

तिम्रो खबर कस्तो छ बुझ्न खोज्या मैले

एउटा चिठी लेख भनी सम्झाएको अहिले ।


तिम्रो मुस्कान आफैँभित्र मुटु जस्तो रह्यो 

त्यही मुस्कान मलाई यहाँ जिउने आधार भयो

मेरो माया कति लाग्छ बुझ्न खोज्या मैले

एउटा चिठी लेख भनी सम्झाएको अहिले ।