शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अजय शाह
गौशाला (महोत्तरी), फागुन २३ गते । धनुषाको निर्वाचन क्षेत्र नं ४ मा जारी मतगणनामा सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ ।
महेन्द्रनगरस्थित निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणना अनुसार रास्वपाका राज किशोर महतोले १६ हजार ३५१ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यस्तै, नेपाली कांग्रेस पार्टीका उम्मेदवार महेन्द्र यादवले चार हजार ४७, नेकपा (एमाले) का रघुबीर महासेठले दुई हजार ५९७ प्राप्त गर्नुभएको छ ।