• २३ फागुन २०८२, शनिबार

दाङ २ मा रास्वपाका आचार्यको अग्रता कायमै

blog

रास्वपाका विपिन आचार्य

सन्तोष दहित
दाङ, फागुन २३  गते ।
  दाङ  क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विपिन आचार्यले भारी मतान्तरले अग्रता कायम गरिरहनुभएको छ ।  

पछिल्लो अपडेट अनुसार कुल ५७ हजार ३४३ मत गणना हुँदा रास्वपाका आचार्यले  २९ हजार ४१८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का महासचिव समेत रहनुभएको शंकर पोखरेल भने दोस्रो स्थानमा हुनुहुहन्छ ।

उहाँले १० हजार ९६९ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी नेपाली नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ८ हजार ४८५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले पाँच हजार १५५ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म यस क्षेत्रमा दुई हजार ११४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङ २ मा कुल एक लाख ४० हजार ९६५ मतदातामध्ये ८२ हजार ६२६ मत  खसेकोथियो । अहिले मत गणना जारी छ ।