• २३ फागुन २०८२, शनिबार

पाल्पा–१ मा एमालेको अग्रता

blog

एमालेका उम्मेदवार नारायण आचार्य । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, फागुन २३ गते ।
पाल्पा–१ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिइरहनुभएको छ । उहाँले १० हजार ५२५ मत ल्याउनुभएको छ । उहाँलाई कांग्रेस उम्मेदवार सन्दीप रानाले पछ्याइरहनुभएको छ । उहाँले ९६१७ मत ल्याउनुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले ८ हजार ४६० मत ल्याउनुभएको छ । पाल्पा–१, को तिनाउ–५, माथागढी, रम्भाको मतगणना सकिएको छ । अब रामपुर र पूर्वखोलाको गणना बाँकी रहेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३१ हजार ७३० मतगणना भइसकेको छ ।