अजय शाह
गौशाला (महोत्तरी), फागुन २३ गते । प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहेका पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गर्दै रास्वपाका महतो निर्वाचित हुनुभएको हो । यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।