जिल्लाको रामपुरमा खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो किङ्गस कप भलिबलअन्तर्गत आगामी पुस २४ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
पहाडकी रानी उपनामले प्रख्यात बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन स्वेदशी तथा विदेशी पर्यटकको भिड बढेको हो।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन हुनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।
यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका ६ मा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवनापुरका अनुसार बुधबार बिहान ८ः३० बजेको समयमा मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट दिलमाया स्याङ्तान घाइते हुनुभएको हो ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो नयाँ वर्षमा अझ बलियो बन्नसक्ने घोषणा गर्नुभएको छ । मङ्गलबार जारी भिडियो सन्देशमा अल्बानीजले अस्ट्रेलियालाई विश्वको सबैभन्दा ठुलो देशको रूपमा वर्णन गर्नुभएको छ ।
तराईमा पुसको दोस्रो हप्तादेखि ह्वात्तै जाडो बढेको छ । जाडोसँगै बाक्लो हुस्सु र शीतलहर सुरु भएको छ । तराईमा केही दिनदेखि अत्याधिक चिसो बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहर तथा बाक्लो हुस्सुका कारण सुनसरीसहित तराईका जिल्लाहरुको जीवन प्रवाभित बनेको छ ।
मकवानपुरका भीमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिर जाने क्रममा भीरमा फसेका चार जनाको सेना र प्रहरीले उद्धार गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन आवश्यक भएको भन्दै त्यसको अगुवाइ कांग्रेसले गर्ने बताउनुभएको छ । उहाँले कांग्रेस विचारले टिकेको पार्टी भएको चर्चा गर्दै देशको अहिलेको सबैभन्दा ठुलो दलमा कांग्रेस नै मूल शक्ति भएको बताउनुभयो ।
दाङको गढवा गाउपालिका–६ निवासी ५५ वर्षीय मायादेवी चौधरीलाई जाडो धकेल्न धौं–धौं थियो । घर्किदो उमेरमा दुई नाबालाक छोरासँगै फुसको छाना भएको घरमा बस्ने मायादेवीले यो वर्ष टिनले छाएको पक्की घर पाएपछि दङ्ग हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुनुभन्दा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा जनताको माया र सम्मान बढी पाएको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारले सीमान्तकृत तथा विपन्न समुदायका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रव्रिmया अघि बढाएको छ । सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेश सरकारले छात्रवृत्ति दिन प्रव्रिmया अगाडि बढाएको हो ।
अँध्यारोमा बिरालोको आँखा चम्किएजस्तै बालबालिकाको आँखाको नानी पनि चम्किन्छ भने रेटिनोब्लास्टोमा भएको हुन सक्छ ।
ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रुपमा पनि सक्षम बनेका छन् ।