• २० पुस २०८१, शनिबार

संविधान संशोधन कांग्रेसको अगुवाइमा: महामन्त्री थापा

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस १७ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन आवश्यक भएको भन्दै त्यसको अगुवाइ कांग्रेसले गर्ने बताउनुभएको छ । उहाँले कांग्रेस विचारले टिकेको पार्टी भएको चर्चा गर्दै देशको अहिलेको सबैभन्दा ठुलो दलमा कांग्रेस नै मूल शक्ति भएको बताउनुभयो । 

कांग्रेस मकवानपुरले ४९ औँ  राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मङ्गलबार हेटौँडामा आयोजना गरेको कार्यव्रmममा उहाँले पार्टीको महाधिवेशन नियमित प्रव्रिmया भएको र यो समयमा हुन्छ भन्दै अहिले यसबारेमा धेरै चर्चा नगरौँ भन्नुभयो । “२०८४ को आमनिर्वाचनका बारेमा पनि धेरै चर्चा नगरौँ त्यो हुन्छ नै अहिले हामी सत्तामा छौँ र अहिले के गर्ने हो, त्यो सोचौँ, नागरिकको आवाजको सुनुवाइ गरौँ,” महामन्त्री थापाले भन्नुभयो, “अहिले राष्ट्रको अगाडिको समस्या के हो र त्यसको सम्बोधन कसरी गर्ने हो भन्नेमा चिन्ता गरौँ ।”

उहाँले अगाडि भन्नुभयो, “नागरिक उकुसमुकुस अवस्थामा छन्, हामीले अधिकार त दियौँ तर नागरिकले विकास खोजेका छन्, उन्नति भएको हेर्न चाहेका छन्, भ्रष्टाचार अन्त्य हुनु पर्छ भन्ने अपेक्षा राखेका छन् ।” नागरिकको माग के हो र अपेक्षा के हो, त्यो पूरा गर्ने दायित्व र जिम्मेवारी कांग्रेसको भएको भन्दै अरूलाई जस्तो गन गन गर्ने सुविधा नभएको बताउनुभयो । 

संविधानको स्थायित्वका लागि संविधानको पुनरवलोकन आवश्यक भएको चर्चा गर्दै महामन्त्री थापाले यसका लागि संयन्त्र बनेको र कांग्रेस र नेकपा एमाले मिलेर साझा धारणा बनाउने बताउनुभयो । कांग्रेसको नेतृत्वमा नै सबैलाई समेटेर संविधान संशोधन गरिने उहाँको भनाइ थियो । 

सङ्घीयता, गणतन्त्र र समावेशीताका सवालमा संविधानमा पुनरवलोकन हुँदैन उहाँले भन्नुभयो, ‘कांग्रेस र एमालेबिच साझा धारणा बनेपछि माओवादी केन्द्र, मधेशवादी दल हुँदै नागरिककोमा जान्छौँ ।’ प्रदेशलाई दिनुपर्ने अधिकार नदिएको र सङ्घमा नै राखेको बताउँदै दलभित्रकको गुट मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने काम भएको बताउनुभयो । कार्यव्रmममा कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्य, प्रतिमा गौतम र अजयबाबु शिवाकोटी मेलमिलाप दिवसको सान्दर्भिकता अझै रहेको भन्दै कांग्रेसभित्र मन र मत मिल्नु आवश्यक भएकोमा जोड दिनुभएको थियो । 

पार्टीमा आन्तरिक एकता जरुरी

नारायणगढ समाचारदाताका अनुसार नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले कांग्रेसलाई मजबुत बनाउन कोइराला परिवार मात्रै मिलेर नहुने बताउनुभएको छ । ४९ औँ मेलमिलाप दिवसका अवसरमा कांग्रेसद्वारा रत्ननगरमा मङ्गलबार आयोजित एक कार्यव्रmममा बोल्दै उहाँले पार्टीभित्र एकता जरुरी रहेको बताउनुभयो । 

“कोइराला परिवार एक होइन, विचार एक हुनुप¥यो । विचार एक भए पार्टी एकढिक्का हुन्छ,” उहाँले भन्नुभयो । अबको कांग्रेस महाधिवेशनबाट विचारलाई एक बनाएर लैजान सक्ने नेतृत्व चयन गर्न सक्नुपर्ने उहाँको धारणा छ । सो अवसरमा बोल्दै नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पनि पार्टीभित्रको एकतामा जोड दिनुभयो । “प्रजातन्त्रको लडाइँलाई थाती राखेर अहिले राष्ट्रिय रक्षाका लागि लाग्नु पर्छ भनेर बिपी कोइरालाले भनेकै बाटोमा अहिले देश अगाडि बढेको छ । अहिले पनि अरू दलसँगका कुरा छाडौँ, आफ्नै दलभित्र मेलमिलाप र एकता आवश्यक छ,” उहाँले भन्नुभयो ।