नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मङ्गलबार साँझ नियन्त्रणमा लिइएको छ ।
माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ ।
गुल्मी र पर्वत जोड्ने पक्की पुल आठ वर्षमा बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा आठ वर्षको अवधिमा पुल निर्माण सम्पन्न भई मङ्गलबार उद्घाटन गरिएको हो ।
बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।
दाङमा हात्तीपाइले रोगका बिरामी फेला परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ बुधबारदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ शुभारम्भको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ ।
दुई वडामा कुरा नमिलेपछि कर्णाली प्रदेश सरकारले दिएको ६० लाख रुपियाँ फ्रिज भएको छ ।
जुम्लामा रहेको दियालो बचत सहकारी संस्थाले करोडौँ रकम बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता सडकमा उत्रिएर आन्दोलित भएका छन् । बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै आन्दोलित भएका हुन् ।
सङ्घीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले सरकार मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणको प्रयासमा लागिरहेको बताउनुभएको छ ।
कालीकोटको पचालझरना गाउँपालिका–८, चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसिबी (डोजर) पल्टिँदा बेपत्ता भएकाको खोजी जारी रहेको छ ।
यात्रा गर्ने क्रममा परेको हिमपातले अलपत्र परेका एक जनालाई प्रहरीले उद्धार गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रले बिल जारी भएको ६० दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काटन थालेपछि महसुल तिर्ने बढेका छन् ।