छिमेकी प्रतिष्ठान, स्याङ्जाले भीरकोट नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले वडा ६ का विपन्न परिवारलाई ४७ थान ब्लाङ्केट वितरण गरेको हो ।
ताप्लेजुङमा चार हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ ।
माघी पर्व नजिकिएसँगै यहाँका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठुलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले इच्छा शक्ति भएपछि काम गर्न सकिने बताउनुभएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।
जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।
बाँकेको नरैनापुर गाउँपालिकामा जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले उदघाटन गर्नुभयो ।
बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ ।
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् ।
मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री जाने कार्यक्रम तय भए पनि उहाँ व्यस्त हुनुभएपछि अर्थमन्त्री पौडेलले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला रु. एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।
जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।