चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन योजना रहेको र कतिपय अहिले थप भएका प्रदेश सरकारले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागु गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्को हिउँदे अधिवेशन छिट्टै बोलाइने बताउनुभएको छ ।
काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको सहकारी संस्थामा कर्जा सहायक पदमा कार्यरत मीना शाहले सदस्यहरूको नामबाट ऋण लिई लामो समयसम्म ऋण नतिरेर फरार हुनुभएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
गत केही दिन यता बढ्दै गएको जाडोलाई ध्यानमा राखेर गोपाल निना फाउन्डेसन बाँकेले यहाँस्थित मानव सेवा आश्रममा रहनु भएका ५२ असहायहरुलाई न्यानो सिरक र लुगा बितरण गरेको छ ।
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमबिच बुधबार तम्घासमा भएको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले आफ्नो १० औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ ।
स्थानीय सामुदायिक वनमा दाउरा खोज्न गएकी झापा कचनकवल गाउँपलिका –७ की ३५ बर्षीय महिला केलावती राजवंशीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
पोखराबाट पाल्पा हुँदै सुनौलीतर्फ गइरहेको भारतीय स्कार्पिओ दुर्घटनामा परेको छ ।
गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो।भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए।