कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सुर्खेतका द्वन्द्वपीडितले सरकारसँग कहिलेसम्म न्याय मागिरहने भन्दै प्रश्न गरेका छन् ।
प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बजेट कटौतीको मारमा परेको छ । सङ्घको ससर्त अनुदान घट्नु र प्रदेशकै समेत न्यून बजेट विनियोजन हुनुले कार्यक्रम कार्यान्वयनमा अन्योल छाएको छ ।
मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो ।
जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका वडा नं. १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी राजमार्गको बाँकी काम पूरा गर्न बजेट अभाव भएको छ ।
सुर्खेतको बिरेन्द्रनगरबाट बिहीबार बिहान देखिएको उदाउँदै गरेको सूर्य ।
खोटाङ, पुस १८ गते । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित पात्लेमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन । नमुना हिमालयन जेभी विराटनगरले रु ११ करोड ९९ लाख १९ हजार ६२९ लागतमा निर्माणको ठेक्का पाएको अस्पताल वि सं २०७७ मङ्सिर १५ गते शिलान्यासपछि काम सुरु भएकोमा आधा काम पनि नसकिँदै लामो समयदेखी निर्माण कार्य रोकिएको छ । तस्बिरः रासस
बाजुराको हिमाली गाउँपालिका–४ र ५ का बाढीपहिरोबाट विस्थापित परिवार लामो समयदेखि तेस्रो किस्ता रकमको पर्खाइमा छन् ।
म्याग्दी, पुस १८ गते । म्याग्दीको बेनी नगरपालिका १ मा पर्ने रत्नेचौर गाउँ, पहेँलपुर तोरीबारी र पृष्ठभूमिमा धौलागिरी हिमालको दृश्य । यो गाउँ कृषि उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि चर्चामा छ । तस्बिरः रासस
उत्पादनका साधनमध्ये श्रमको स्थान अग्रस्थानमा आउँछ । उत्पादनका निम्ति श्रमसँगै भूमि, पुँजी र उद्यमको पनि आआफ्नै महत्व छ ।
आफ्नो घरको अवस्था होस् वा देशको अर्थतन्त्र बलियो, सुदृढ, दिगो र दरिलो होस् भन्ने चाहना सबैको हुन्छ ।
समाज परिवर्तनशील छ । समय सापेक्ष यसको संवाहक राजनीति पनि परिवर्तनशील हुनु जरुरी छ ।
पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने गरेका छन् ।
नेपालमा संवत् १९७० असोज ११ गतेदेखि परिवारको मुलीले पितापुर्खाबाट प्राप्त गरेको सम्पत्तिमध्ये चल सबै, अचल आधासम्म र आफ्ना पालामा आर्जेको