हिउँदको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनै पनि अवस्थामा चनाखो रहने जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले निर्णय गरेको छ ।
विगत एक सातादेखि अत्यधिक चिसो बढेसँगै मध्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व नेता डा. भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गर्नुभएको छ।
जलवायु परिवर्तनले गर्दा मनाङका किसानहरू मारमा परेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्युन कारोबार देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो।
छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित मल्कबाङ गाउँ ।
नेपाल एकीकरणताका पूर्वी सिमाना विजय गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेको किसानसँग ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताउनुभएको छ ।
आजबाट बन्दीपुर भ्रमण वर्ष-२०२५ को सुरु भएको छ ।
लेखक तथा निर्देशक विश्वमणि घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिश्रृङ्खला ‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय सामुदायिक विद्यालयले दिवाखाजामा विद्यालयकै करेसाबारीमा उत्पादित तरकारीको प्रयोग गर्ने गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरभित्र रहेका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका अर्गानिक तरकारीको प्रयोग बढाएका छन् ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भिड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजन अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन् ।
सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो ।