शेरबहादुर राई
ओखलढुङ्गा, पुस १७ गते । सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सञ्चालित अभियान मङ्गलबार ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा औपचारिक रूपमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख मिनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सञ्चालित अभियान गाउँदेखि जिल्लासम्म कांग्रेसको सङ्गठन सुधारका लागि जोड दिइएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव भोजकुमार श्रेष्ठले बताउनुभयो । आठ वटै स्थानीय तह र ७५ वडा तहसम्म अभियान सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ ।
अभियानका क्रममा आठ स्थानिय तहका कांग्रेसमा आबद्ध नेता कार्यकर्ताहरूलाई केन्द्रीय प्रतिनिधी विश्वकर्मा मार्फत प्रशिक्षण दिइएको सहसचिव श्रेष्ठले बताउनुभयो । यसका साथै पालिका साथै वडा तहमा रहेका समितिहरूको नियमित बैठक बसे नबसेको, वडा, पालिका र जिल्लाबिच समन्वय भए नभएको, क्रियाशील सदस्ता वितरण तथा नवीकरण भए नभएको अनुगमन गरिएको श्रेष्ठले जानकरी दिनुभयो ।
पार्टीको सुदृढीकरण र मजबुत बनाउन लाग्न नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख विश्वकर्माले सुझाव दिनुभएको थियो । सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी, चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिकामा पालिका स्तरिय अभियान सञ्चालन गरिएको थियो । अभियान अन्तर्गत नेपाली कांग्रेसका वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तहका नेता कार्यकर्ताहरू परिचालित हुनुभएको थियो । यस अवसरमा नागरिकको समस्या, माग, गुनासो बुझ्ने तथा सङ्कलन गर्ने काम भएको थियो ।
पार्टी र जनप्रतिनिधी प्रति नागरिकको धारण बुझ्ने र गुनासो सम्बोधन गर्ने काम समेत भएको नेपाली कांग्रेस जिल्ला उपसभापति कमल तामाङले बताउनुभयो । गाउँ तहमा रहेका नागरिकलाई केन्द्र विन्दुमा राखेर आवश्यक विकास, समस्या समाधान तथा उनिहरूको अवस्था नजिक बाट बुझ्ने काम भएको उपसभापति तामाङले जानकारी दिनुभयो ।
पालिका तथा वडा तहमा महाधिवेश प्रतिनिधीहरू, ओखलढुङ्गा प्रदेश ‘क’ मा प्रदेश प्रतिनिधी कुमार लुईटेल, प्रदेश ‘ख’ मा रुद्रप्रसाद अधिकारी पार्टी उपसभापति कमल तामाङ र नवराज केसीलाई संयोजक तोकिएको थियो । अनुगमन समितिमा पार्टी सभापति तेजेन्द्र खनाल र केन्द्रीय सदस्य द्वय रामहरि खतिवडा र प्रदिपकुमार सुनुवार परिचालित हुनुभएको थियो ।