ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो ।
चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि इलाम नगरपालिकामा न्यानो कपडा र आवश्यक सहयोग सामग्री उपलब्ध गराइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गर्नुभएको छ ।
स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, स्वास्थ्य परीक्षणका लागि ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।
जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ ।
लसीपुर उपमहानगरपालिका-३ मा रहेको भट्टे गाउँ तुलसीपुर बजारदेखि करिब ८ किलोमिटर पश्चिम दक्षिणमा छ ।
जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबिचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो ।
घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
रततर्फ लैजाँदै गरेको अवस्थामा १५५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बुधबार राति १०ः१५ बजे को १ च ९५८२ नम्बरको स्कार्पियोलाई विराटनगर–१८ भट्टाचोकमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी भागेको गाडीलाई जहदा गाउँपालिका १ धुनीबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।
नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।
नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृति बढ्दै गएको बताउनुभएको छ ।
बेजिला फिल्मस् को प्रस्तुतिमा रहेको प्रेमिल गीत ‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक भएको छ ।गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द किशोर पोखरेलले लेख्नुभएको हो भने संगीत रमेश अन्जन कडरियाको रहेको छ ।
विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ रु अथवा चन्द्रागिरिवासी कहाँ जाँदै रु नगरवासी हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन ।