नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो ।
रामेछापको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खननमा रोक लगाएको छ । लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभावित पारेको भन्दै गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो ।
सुख्खा याममा जङ्गली जनावर र चराचुरुङ्गीहरूलाई पानीको अभाव हुन नदिन रुकुम पश्चिमका तीन स्थानमा रिचार्ज पोखरी निर्माण गरिएको छ । सानी भेरी गाउँपालिका –४ को टुरा, त्रिवेणी गाउँपालिकाको –९ को चौपारी र १० को भानीपोलेमा रिचार्ज पोखरी निर्माण गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार यहाँ हुने भएको छ ।
मुस्ताङ, पुस १८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित कुछप तेरङ्गा गुम्बाको नवनिर्मित भवन । बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र याे ऐतिहासिक गुम्बा पुनर्निर्माण गरिएको हो । तस्बिरः रासस
अछाम, पुस १८ गते । अछामको मङ्गलसेन नगरपालिका६ का महिलाहरु नजिकैको जङ्गलबाट पतकर बोकेर फर्किंदै । तस्बिरः रासस
म्याग्दी, पुस १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको केराखेती । खबराबाट वार्षिक रु. दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ । तस्बिरः रासस
तनहुँ, पुस १८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ घुम्ती सडक किनारामा बेच्न राखिएको नाङ्लो (सुपो) । यहाँका अधिकांश भुजेल समुदायले नाङ्लो, डालो बुन्ने गर्दछन् । तस्बिरः रासस
सर्लाही, पुस १८ गते । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर । पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा धेरै पुराना कलाकृति, इँटा, ढुङ्गालगायतका भग्नावशेषहरु छन् । तस्बिरः रासस
भाइबहिनीहरू, अभिभावक वा कसैले सामान वा सवारीसाधन वा घरजग्गाको कर तिर्नु पर्छ भनेको कुरा सुन्नुभएको होला ।
“बाबा, स्कुलको किताब कापी किनेन भनेर सरले मलाई गाली गर्नुभो । कापी किन्न पैसा दिनुहोस् त !” “छैन पैसा सैसा उता जा”
शार्दूलवैभव, जोरावरसिंह, दिलीपप्रताप र बहादुर राज्यबर्धन नाम गरेका राजा थिए ।
दीक्षान्त कक्षा ७ मा पढ्थे । उनको पढाइ त्यति राम्रो थिएन ।
नेकपा एमालेको सचिवालय बैठक आज दिउँसाे १२ः३० मा पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा