जनता समाजवादी पार्टी नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण गुरुङ विभागको प्रमुखमा मनोनीत भएका छन् भने उपप्रमुखमा धमेन्द्र कुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनौट भएका छन् ।
इरानकी सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा लामो कैदले शरीर कमजोर भए पनि उहाँको दिमाग अझै ‘जुझारु’ रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
न्यु अर्लिन्समा नयाँ वर्षको पूर्वसन्ध्यामा रमाइलो गर्नेहरूको भिडमा भएको आक्रमणका लागि बुधबार अन्तर्राष्ट्रिय निन्दा गरिएको थियो । आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
आइओई पुल्चोक गर्ल्सको आयोजनामा शनिबार ‘थर्ड इमप्याक्ट म्याराथन’ हुने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाले सर्पको उद्धार र संरक्षणका लागि आवश्यक सामग्री हस्तातरण गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ ।
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गर्ने निर्देशिका तयार भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग जस्तै मधुमेह, रक्तचाप, मिर्गौलासम्बन्धी रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१ सार्वजनिक गरेको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रङ्गशालामा ‘फोर नेसन्स कप’ खेल्ने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुका लागि नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्नुभएको हो ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई २६ लाख र उपविजेता टोलीलाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीस्थित पिके सामुदायिक वन क्षेत्रमा जडीबुटी तस्करीको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
बाल गायक सचिन परियारको निमोनियाका कारण निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको बिहीबार बिहान करिब १०ः४९ बजे निधन भएको अस्पतालका निर्देशक प्रा.डा घनश्याम गुरुङले जानकारी दिनुभयो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको बिचमा रहेका जनताले भोग्दै आएका समस्या समाधानका लागि कानुन बाधक बनेको बताउनुभएको छ ।