हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो ।
पछिल्ला वर्ष डोटी जिल्लामा मह उत्पादन बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको महको बजारसम्म सहज पहुँचसँगै मौरीपालक कृषकले राम्रो आम्दानी गर्न थालेपछि मह उत्पादन बढ्न थालेको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका–२, लाटु चोकटीका १० जना थामी समुदायका महिला सिस्नुको पाउडर बनाई बिक्री गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
ग्लोबल आइएमई बैङ्कले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा बैङ्कको फोन पे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टलाई लक्षित गरी क्यास ब्याक, स्मार्ट फोन र एक लाख रुपियाँको मुद्दती निक्षेप जित्ने उपहार योजना सार्वजनिक गरेको छ
नेपाल निर्माण व्यवसायी महासङ्घले स्रोतबिनाका ठेक्का तत्काल खारेज गर्न माग गरेको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू तिलगङ्गा नेत्र विश्वविद्यालयमा प्रस्तावित पदाधिकारीको सङ्ख्यालाई लिएर विभाजित भएका छन् ।
पूर्वकानुनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले विद्यालयको पठनपाठन बिहान ७ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिई बर्सौंसम्म काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाबारे अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ ।
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउनेक्रममा केहीबेर अघि धमेनानजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा उपाध्यक्ष र सदस्य नियुक्त गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र दुई जना सदस्यलाई पद रिक्त भएको पाँच महिनापछि नियुक्त गरेको हो ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १९ वर्ष बित्दा २१ अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । ४१ प्रतिशत मात्र भौतिक काम सम्पन्न भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको विभिन्न धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।