मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार यो स्थानीय मापन (ML) गरिएको भूकम्प हो।
विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।
चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), दोलखाले पार्टी कार्यक्रम र बैठकलाई तीव्रता दिन थालेको छ । जिल्लामा राजनीतिक गतिविधि बढाएको दोलखा एमालेले गाउँ अभियान सुरु गर्ने भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख हुनुहुन्छ । अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तिला गाउँपालिकास्थित कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ । त्यहाँ सडक अतिक्रमण हटाउन लामो समयदेखि स्थानीयले हस्ताक्षर गरेर पहल थालेका छन् ।
प्रदेश सरकारले औषधी खरिदका लागि तीन करोड बजेट विनियोजन गरेको छ ।
रुकुमपश्चिममा शववाहन र शव राख्ने भवनको अभाव रहेको छ । एउटा पनि शववाहन नहुँदा बिरामी बोक्ने एम्बुलेन्स र यात्रु बोक्ने जिपमै शव बोक्नुपर्ने बाध्यता रहेको छ ।
सडक किनारको छाप्रोमुनि चिसो भुइँमा भोकमरीसँग जुधिरहेका वृद्ध दम्पतीलाई पाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।
कैलालीको टीकापुर नगरपालिकाको बजार क्षेत्रका विद्यालय वरपर रहेका पसलमा चुरोट, सुर्ती र मदिराको बिक्रीवितरण भइरहेको पाइएको छ ।
दार्चुलामा स्वास्थ्य बिमा गराउने नागरिकको सङ्ख्यामा वृद्धि भएको छ ।
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो ।