सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै जनाका लागि भर्ना आवेदन खुला गरिएको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना आवेदन खुल्ला खुलेको हो ।
रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ ।
तनहुँको शुक्लगण्डकी नगरपालिका–७ खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।
कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको स्वास्थ्य जाँचसहित औषधी वितरण गरिएको छ ।
पाल्पा जिल्लाका छ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको काम सुस्त गतिमा अगाडि बढेको छ । बजेट अभावका कारण निर्माण गर्ने समयावधि सकिँदासम्म पनि काम सक्ने अवस्था देखिएको छैन ।
बागमती प्रदेश सरकारको लगानीमा दोलखामा दुई वटा सडक कालोपत्रे गरिएको छ । भौगोलिक रूपमा विकट रहेको कालिञ्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सुनखानी–साङ्बा १५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । सो सडक कालोपत्रे गरिएसँगै कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाबिच आवागमन सहज भएको छ ।
मुस्ताङ, पुस १९ गते । मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ुट्रेकिङ रुटु र पृष्ठभूमिमा धौलागिरी हिमाल । तस्बिरः रासस
सुर्खेत, पुस १९ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र। तस्बिरः रासस
दाङ, पुस १९ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन । तस्बिरः रासस
पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्ज मेडिकल कलेजको नाम र बोर्ड हटाएर अस्पताल व्यवस्थापन पक्षले रातारात सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड
एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।
चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त हुनुहुन्छ ।
जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ ।