नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा सपना र ताराहरु’ पुस्तक लोकार्पण एवं अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।
नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताउनुभएको छ । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ ।
काठमाडौं ५ को बूढानीलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमती करिडोरको ट्रयाक खोल्ने कार्य सुरु भएको छ । कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गर्नुभएको छ ।
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । यही पुस २० गते शनिबार हुने निर्वाचनका लागि बिहीबार भएको मनोनयन दर्ताअनुसार अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दिएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाइ संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।
बुटवलमा पुस ३ देखि १८ गतेसम्म चलेको औद्योगिक व्यापार मेलालाई चार लाख दर्शकले अवलोकन गरेका छन् । २५ करोड रुपियाँको कारोवार भएको आयोजकले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले ओठेभक्तिको प्रदर्शनले देश नबन्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।