आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ९उत्पादकको मूल्यमा० तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०र८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ ।
शास्त्रीय नृत्याङ्गना सीता सुवेदी तथा गायक प्रताप दासको ‘सत्य राम राम’ गीत सार्वजनिक गरिएको छ ।
चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) चैत ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
नेपाली हिपहपकी चर्चित र्यापर डिम्रितीको ‘मलाई आजभोलि’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बुटवलमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा सहभागी पाँच सय स्टलमध्ये नेपाल सेरामिक इन्डस्ट्रिज प्रालि प्रथम भएको छ ।
तरुलको व्यावसायिक खेती हुने सर्लाहीको बागमतीमा धमाधम तरुल खन्न सुरु गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कले निक्षेप फिर्ता गर्न थालेको छ ।
नेपाली कांग्रेसले नियमित समयमै १५ औँ महाधिवेशन गर्ने तयारीस्वरूप क्रियाशील सदस्यता नवीकरण कार्य चैतभित्र सक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न महिला जनप्रतिनिधिले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ । महिलाको नेतृत्वमा स्थानीय तहको सेवा प्रभावकारी भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
सङ्घीय निजामती सेवा विधेयक तर्जुमाका क्रममा प्रदेश र स्थानीय तहमा कर्मचारी खटनपटनको विषयमा सङ्घ र प्रदेश लोक सेवा आयोगबिच मतान्तर भएको छ ।
नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी नदी किनारमा फेला परेको हो ।
आयोजना हुन गइरहेको चितवन महोत्सवको १५ औँ शृङ्खलाले अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने विश्वास आयोजकले गरेका छन् । कोभिड–१९ महामारीपछि कमजोर आर्थिक गतिविधिलाई बढाउँदै देशको अर्थतन्त्र चलायमान गर्न सघाउने उद्देश्य महोत्सव आयोजकले राखेको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष तथा वरिष्ठ पत्रकार निर्मला शार्मले विवाहपछि आफू पत्रकारिता पेशामा आएर अझै क्रियाशील रहेको बताउनुभएको छ ।