मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताउनुभएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनामा हुन लागेको जय ट्रफी क्रिकेट प्रतियोगिताका लागि जनकपुरको खेल मैदान तयारीको काम लगभग अन्तिम चरणमा पुगेको छ।
काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ ।
यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर भएको छ ।दुई–तीनदेखि बिहान बेलुका लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
माघि आउन अझै ११ दिन बाँकी रहेपनि पश्चिम नेपालका थारु बाहुल्य जिल्ला बाँके र बर्दियालगायतका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिवनगरमा आज भुवा नाच देखाइँदै । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट तराई झरेकाहरुले यहाँ भुवा नाच देखाउने गरेका छन् ।
सुनसरीको रामधुनी नगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
इलामका बालबालिकाको मुटु परीक्षण गर्दा कलिलै उमेरमा मुटुको समस्या रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ ।