परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताउनुभयो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको र सन् २०२५ मा आफ्नो अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’ रहेको ।
गोरखाको गण्डकी गाउँपालिका–६ अन्र्तगत पर्ने फिस्लिङ – आग्रीडाँडा हुँदै भैरबी जाने सडक खण्ड शनिबारदेखि बन्द हुने भएको छ ।
मकवानपुर र काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ ।
जुम्लाको तातोपानीमा स्नान गर्न छिमेकी जिल्लासँगै देशभरका नागरिक पुग्ने गरेका छन् । छ वटा धारामा बाह्रै महिना तातोपानी आउने र त्यहाँ स्नान गरेमा बाथ रोकलगायत शारीरिक समस्या समाधान हुने जनविश्वासले यहाँ स्नान गर्नेको भिड लाग्ने गर्छ ।
घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन ज्वालामुखी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो ।
गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ ।
सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहनुभएको छ । पछिल्लो दुई वर्षदेखि भने उहाँ स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिनुभएको छ ।
वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ ।
गोरखा सदरमुकामबाट ५५ कोष टाढा तिब्बतको सिमाना नजिक रहेको गोरखाको अन्तिम गाउँ साम्दोका सिङ्गो गाउँले बेँसी झरेका छन् ।
अस्ट्रेलियाको नयाँ कानुनले बुधबारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ ।
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो ।