उत्तरी जिम्बाब्वेमा सिंह र अन्य जङ्गली जनावरहरूका लागि आरक्षित बासस्थानमा पाँच दिनसम्म हराएका सात वर्षीय बालक जीवितै फेला परेको वन्यजन्तु प्राधिकरणले शुक्रबार जनाएको छ ।
इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।
सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले म्याक्सिम गोर्कीको आमा पुस्तक पढेपछि आफूलाई पुस्तक लेख्न प्रेरणा मिलेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित आफ्नो ‘आमा, सपना र ताराहरु’ नाक संस्मरण कृति विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त उपब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको दृढता व्यक्त गर्नुभएको छ।
छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ को आङ्खोप युवा क्लबले सङ्घीय मेला भलिबल उपाधि जितेको छ। सिदिङ्वाकै वडा ६ को मेहेले किङलाई पराजित गर्दै आङ्खोपले उपाधि जितेको हो।
नेपालगन्जमा शुक्रबारदेखि सातौं विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ।
सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताउनुभएको छ। उहाँले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको हो।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई बिहीबार सम्बोधन गर्दै उहाँले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताउनुभयो ।
पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ।
लोकसेवा आयोगले राज्य संरचनामा भएको परिवर्तनका सन्दर्भमा नेपालको निजामती सेवामा थप सुधार र पुनर्संरचना आवश्यक देखिएको सुझाव दिएको छ ।
महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरु’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, सङ्गमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ ।
पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ।
थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताउनुभएको छ ।