• २० पुस २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त राजदूतहरूलाई शपथ

blog

राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले शपथ लिनुहुँदै । तस्विरः राष्ट्रपतिको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबिच राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । 

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधरले डेनमार्कका लागि आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।