सन् २०२४ हामीबाट बिदा भएको छ । यो वर्ष कसैलाई फलदायी बन्यो भने कसैलाई औसत र असफल साबित भयो ।
नेपाल स्रष्टा समाजको स्थापना दिवसका अवसरमा सुभद्रा–विश्वराज स्रष्टा सम्मान वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युगकवि मनोज भण्डारीलाई प्रदान गरिएको छ ।
तानसेन नगरपालिका र भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएको तानसेनको एक चिस्यान केन्द्र १२ वर्षमा बल्ल निर्माण सम्पन्न हुने तरखरमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८, माण्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूले १७ अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।
विधायिकी कार्यलाई प्रभावकारी बनाउन सत्ता साझेदार ठुला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले विधेयक विचाराधीन रहेका समितिमा ‘फोकल पर्सन’ तोकेका छन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानका पदाधिकारीले विद्यमान सञ्चालक समितिलाई नै विश्वविद्यालय स्थापना भएपछिको संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप एक मात्रा लगाए हुने जनाएको छ ।
दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ ।
नेपाल भारत सिमा नदी महाकालीमा पहिलो पटक व्यावसायिक रुपमा जलयात्रा (र्याफटिङ) को सुरुवात गर्दै प्रमथ सुदूरपश्चिम मेयर २०८१ सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारको मंगलबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहको निवास मधेश भवनमा बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिने निर्णय गरेको छ ।
रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालमा रुपान्तरण भएपछि यी दुबै माध्यमबाट प्रसारण हुने समाचार र कार्यक्रमका विषयवस्तु अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्कतामा आधारित हुनुपर्नेमा जोड दिइएको छ ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका ५ मा एक वृद्धामाथि आक्रमण गरी मार्ने बघिनीलाई नियन्त्रणमा लिइएको छ ।
सन् २०२५ नयाँ वर्षको उत्सवको क्रममा अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमा आतिशबाजीले मध्यरातको आकाशलाई उज्यालो पारेको छ ।