स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तत्कालीन गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तत्कालीन गाउँपालिका अध्यक्ष दीर्घ नारायण अर्यालसहित १२ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली चेल्सीलाई इपस्विच टाउनको नमिठो झट्का लागेको छ ।
मकवानपुरमा रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै गएको छ ।
मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनुषाको ढल्केबरस्थित पोखरिया तालमा इस्वी सम्वतको नयाँ वर्ष २०२५ को अवसमा पिकनिक तथा घुम्न आउने पर्यटकको सुविधाका लागि विभिन्न तयारी गरिएको छ ।
ताप्लेजुङको फुङ्लिङमा सम्पन्न प्रथम स्वर्गीय पदमबहादुर गुरुङ स्मृति खुला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानीले जितेको छ ।
फेदिखोला गाउँपालिका–१ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटवार्ता गरेका छन् ।
मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसीनाले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सिमा सुरक्षालाई थप मजुबत बनाइने बताउनुभएको छ ।
नेकपा एमाले दोलखाले पार्टी कार्यक्रम र बैठकलाई तीव्रता दिन थालेको छ । जिल्लामा राजनीतिक गतिविधि बढाएको दोलखा एमालेले गाउँ जाने अभियान सुरु गर्ने भएको छ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गर्नुभएको छ ।
धादिङको धुनिवेसी–४ स्थित श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा वितरण गरिएको छ ।
यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ ।
गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ ।