कर्णालीको भूगोल भिरालो छ । बस्ती बस्न र खेती गर्नका लागि त्यति उपयुक्त छैन । अस्वाभाविक भूबनोटका कारण बर्सेनि खेतीयोग्य जमिन मासिँदै गएको छ ।
बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् ।
बाजुराका अधिकांश गाउँबस्तीमा सोमबारदेखि भुवा र भस्सोको रौनक छाएको छ ।
बाजुरामा पुस १५ मनाउने प्रचलन कायमै छ । यहाँका महिला तथा किशोरीले पुस १५ को राति चामल पिसेर बनाएको ढुकढुक्या (एक प्रकारको रोटी) बनाउने गर्छन् ।
आइयुसिएनको रातो सूचीमा रहेको ओत (थारू भाषामा उदुवा) संरक्षणका लागि सञ्चालन भएको समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजनाको अवस्थाबारे स्थलगत अनुगमन गरिएको छ ।
संविधानले नै सहकारीलाई अर्थतन्त्रको एक खम्बा मानेको छ ।
आज बिपी चिन्तन र साहित्यको खोजको विषय सुलभ रहे पनि हिजोको अवस्थामा त्यस्तो थिएन ।
बिपी केवल एक व्यक्ति होइनन्, समाजवादी विचारक हुन् ।
पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो ।
दाङ, पुस १६ गते । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो ।प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।
आधुनिक नेपालको राजनीतिक अभ्यासमा राजनीतिक अस्थिरता सबैभन्दा ठुलो समस्याका रूपमा उपस्थित हुँदै आएको छ ।
नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया शान्ति चोकमा सोमबार राति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेतृत्वको परिभाषा बहुआयामिक छ । फोबर्स अनलाइनले लेखे अनुसार नेतृत्वलाई आठ सयभन्दा धेरै शैली तथा स्वरूपद्वारा परिभाषित गरिएको छ ।