प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज बौद्धधर्मालम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गर्दछन् । तोला लोसार ११ औ महिना अर्थात् पुसमा पर्दछ । वर्ष (लो) फेरिने क्रममा भएकाले ग्रह नक्षत्र वा आकासिए पिण्डहरूको चलायमान अवस्थासँग यसको तुलना हुने धर्मग्रन्थमा उल्लेख छ ।
तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको छ ।
लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गर्नुभएको हो ।
खाली सिसीभित्र कला । सुन्दा अनौठो लाग्छ तर पाटन मङ्गलबजारका विभूषण ताम्राकारले बोतलभित्र विभिन्न कलाकृति निर्माण गर्नुभएको छ ।
नेपाल टप आर्टिस्ट टिमले फाइनलमा झि पुचःलाई १–० ले हराएर प्रथम गणेशदेवी मानन्धर स्मृति नेवाः कलाकार फुटसल २०८१ को उपाधि जितेको छ ।
निजी क्षेत्रको एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी भई आत्मनिर्भर रहेको कुखुरापालन (पोल्ट्री व्यवसाय) सङ्कटमा परेको गुनासो व्यवसायीले गरेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय बिउको समस्याका कारण उत्पादन र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर थापाले औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको बताउनुभएको छ । रोजगारीका अवसर र उत्पादन बढाउन निजीलगायत विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
सङ्घीय सरकारले निर्माण गरेको छ वर्षमा अर्जुनचौपारी गाउँपालिका–१ पुलको मुखमा औद्योगिक ग्राम सञ्चालनमा आएको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडको १८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना भएको छ ।
किसानका लागि वर्षभरि आम्दानीको स्रोत बन्ने चियाका बुट्यान काट्ने काम (कटिङ) सुरु भएको छ ।
कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता भएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले भन्नुभएको छ, “देशमा प्रजातन्त्र नभए देश रहँदैन । राजा रहँदैनन् । हामीहरूको त कुनै भएन ।”
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरेको आरोपमा काठमाडौँ प्रहरीको हिरासतमा रहनुभएका ‘साई स्वागत सहकारी’ का अध्यक्ष भरत जङ्गम सोमबार रिहा हुनुभएको छ ।