गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गर्नुभएको हो ।
इन्जिनियर मदन रेन म्याडीले स्ट्यानवेल स्टुडियो लन्डनमा गीत रेकर्ड गर्नुभएको हो । भडियोमा मोडल निशु पौडेलको अभिनय छ । पौडेलको अलावा भिडियोमा गायकद्वय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ । भिडियोको सम्पादन मनोज कार्कीले र छायाङ्कन तथा निर्देशन सुमन श्रेष्ठले गर्नुभएको हो ।