संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
सुनसरीमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यविधि मस्यौदा तयार गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष म्याग्दीमा मुख्य खाद्यान्नबालीको रूपमा लिइने धानको उत्पादनमा पाँच प्रतिशतले वृद्धि भएको छ । छ वटा स्थानीयतह रहेको म्याग्दीमा रोपिएको धान आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष ०८१/०८२ मा बढेको हो ।
थारू समुदायको महत्त्वपूर्ण पर्वको रूपमा रहेको माघी अर्थात् खिचडी पर्व रुपन्देहीका विभिन्न स्थानमा यो वर्ष तीन दिनसम्म मनाइने भएको छ ।
दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उहाँको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो ।
यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच नियमित सरकार सञ्चालनका लागि मात्रै गठबन्धन नबनेको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।
नवलपुरका सुन्तला किसान यतिखेर बगैँचा व्यवस्थापन अभियानमा व्यस्त छन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
पूर्वी चितवनमा गैँडाडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
म्याग्दीको बेनी नगरपालिका ९ घतानमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा ३४५ जना लाभान्वित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको दुईदिने बृहत स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।