विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ ।
च्याम्पियनसिपको तयारी पूरा भएको मङ्गलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो ।
नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ। गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाको सचिव पदमा हर्कराज राईलाई नियुक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरूले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् । मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उहाँहरुको भनाइ छ ।
सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् ।
गुल्मी क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीले राजनीतिक दलको नेतृत्वमा इच्छा शक्ति नभएका कारण नै विकास हुन नसकेको बताउनुभएको छ ।
सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । मङ्गलबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।
सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष बनेको छ। समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको हो ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-६ मगरथानामा रहेको श्री नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठा थप भएपछि विद्यार्थीहरुको पढाइ सहज भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातन्त्र भित्र स्वतन्त्रता हुने भए पनि छाडातन्त्र नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले मङ्गलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अमात्यले प्रजातन्त्रमा अराजकता नचल्ने बताउनुभएको हो ।
आँधीखोले लोकगीतका अभिनायक ‘चन्द्रबहादुर सेन मसाने’ को लोकार्पण गरिएको छ ।
अफ सिजनमा पर्यटक आकर्षित गर्न पूर्वको पर्यटकीय नगरी भेडेटारमा १२ औं फुड फेस्टिवल सुरु भएको छ । फेस्टिवलको कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मन्डलले उदघाटन गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दस सदस्य मनोनयन गर्नुभएको छ । पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई मङ्गलबार उहाँले मनोनयन गर्नुभएको हो ।
अफ सिजनमा पर्यटक आकर्षित गर्न पूर्वको पर्यटकीय नगरी भेडेटारमा १२ औं फुड फेस्टिवल सुरु भएको छ । फेस्टिवलको कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मन्डलले उदघाटन गर्नुभयो ।