• १९ पुस २०८१, शुक्रबार

टप आर्टिस्ट विजेता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १६ गते । नेपाल टप आर्टिस्ट टिमले फाइनलमा झि पुचःलाई १–० ले हराएर प्रथम गणेशदेवी मानन्धर स्मृति नेवाः कलाकार फुटसल २०८१ को उपाधि जितेको छ । गणेशदेवी फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सागर सिंहले निर्णायक गोल गर्नुभयो । ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले तेस्रो स्थान हासिल गर्‍यो । झि पुचःका अनिल नगरकोटी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । कलाकार समितिका युजेश श्रेष्ठ सर्वाधिक गोलकर्ता बन्नुभयो । यसै गरी नेपाल टप आर्टिस्टका ईशान खड्काले सर्वश्रेष्ठ गोलकिपरको पुरस्कार जित्नुभयो । समूह चरण सकिएपछि ललितकला भिजुअल आर्टिस्ट गु्रप र नेवाः कासामि पुचःबिच मैत्रीपूर्ण महिला फुटसल पनि खेलिएको थियो । जसमा ललितकलाको टिम ५–१ ले विजयी भयो ।