२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तीन गुणाभन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य छन् ।
संघीय सरकारले निर्णण गरेको छ वर्षपछि अर्जुनचौपारी गाउँपालिका–१ पुलको मुखमा औद्योगिक ग्राम सञ्चालन गरिएको छ ।
अमेरिकाले जनवरी ९ लाई दिवङ्गत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घरघरमा पुगी खुदो बेच्ने चलन लोप जस्तै बने पनि यहाँको खुदोको माग भने झन्–झन् बढ्दो छ । उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।
मकवानपुरको मनहरीमा बाघले सातवटा खसी–बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नं. ५ वसन्तपुरस्थित स्थानीय सूर्यबहादुर मोक्तानले पाल्नुभएको खसी बाख्रा सोमबार बिहान ५ बजेको समयमा बाघले मारेको हो ।
बुटवलमा भइरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको ब्युटी फेयर २०८१ को उपाधि इरुम व्यूटिपार्लरकी ममता रानाले हात पार्नुभएको छ ।
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो ।
रौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । स्थानीय जगरनाथ पासवानको घरमा सल्किएको आगोले पालिकाको पताही गाउँमा रहेको दलितबस्तीको सात घर खरानी बनाएको हो ।
जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताउनुभएको छ । आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताउनुभयो ।
झापाको शिवसताक्षी नगरपालिका २ की १७ वषिर्या एक युवतीलाई कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकाबाट उद्धार गरिएको छ ।
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोस्रो सातसम्म प्रदेशका १३ जिल्लामा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतमा राखेर थप बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाको १६ औं अधिवेशनले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि दुई करोड ७२ लाख रुपियाँ थप बजेट विनियोजन गरेको हो ।