पाँचथरको फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल आज हुँदैछ ।
सुनका गहना चोरी मुद्दामा दुई र लागूऔषध मुद्दामा एक गरी तीन जना पक्राउ परेका छन् ।लागूऔषधसहित पक्राउ पर्नेमा पोखरा उपमहानगरपालिका–९, पृथ्वीचोक बस्ने २८ वर्षका चोकबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
सोलुखुम्बुको सल्लेरीबाट सोमबार बिहान देखिएको सोलुखुम्बुस्थित नुम्बुर हिमाल । ६ हजार ९५८ मिटर उचाइमा रहेको रहेको यस हिमालमा अहिले हिउँ रित्तिदै गएको छ ।
दाङको घोराही उपमहानगरपालिका १७ स्थित कर्जाहीगाउँ र आसपासको क्षेत्र ।
सूर्योदय नगरपालिका १० स्थित फिक्कल बजारमा बिक्रीका लागि राखिएको छुर्पी, घिउ, चिया, खुर्सानीलगायत सामाग्री। इलाम घुम्न आउने पर्यटकले कोसेलीका रूपमा यहाँबाट उपहार लिएर जाने गर्दछन् ।
बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीयस्थल तिम्बुङ पोखरीको रमणीय दृश्य ।
कालिकोटको पचालझरना गाउँपालिकास्थित कर्णाली नदी माथि रहेको पचालझरना गाउँपालिका ८ भैसिसेन र पचालझरना गाउँपालिका ४ लाफा जोड्ने झोलुङ्गे पुल ।
अछामको मङ्गगलसेन नगरपालिका ६ ठुलासैनबाट सोमबार बिहान कुहिरोले ढाकेको अछाम सदरमुकाम मङ्गगलसेनलगायत आसपासको क्षेत्र ।
समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा धाममा आउरने भक्तजनलाई लक्षित गर्दै धाम नजिकै स्थापना गरिएको धर्मशाला ।
शुक्रवार नौबहिनी गाउँपालिका–८ फोप्लीकी एक गर्भवतीलाई महिलाहरूले स्वास्थ्य संस्था पुर्याए । नौ बहिनी गाउँपालिका–८ कुर्झेनीकी गर्भवती महिलालाई स्टेचरमा बोकेर कुमारी पुनमगर नेतृत्वको उद्धार समूहले स्वास्थ्य संस्था पुर्याएको हो ।
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले कसैलाई चित्त नबुझ्दैमा वर्तमान सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताउनुभएको छ ।
काठमाडौँ, पुस १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व अमेरिकी राष्ट्रपति र नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।राष्ट्रपति पौडेलले सोमबार जारी गर्नुभएको शोक सन्देशमा भन्नुभएको छ, “पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले मलाई अत्यन्त दुःखी बनाएको छ। शान्ति, मानवअधिकार, र परोपकारका क्षेत्रमा उहाँको योगदानले विश्वलाई प्रेरित गरेको छ। उहाँको परिवार र अमेरिकी जनताप्रति मेरो गहिरो समवेदना व्यक्त गर्दछु।”पूर्व राष्ट्रपति कार्टर १०० वर्षको उमेरमा आइतबार जर्जियास्थित आफ्नो निवासमा निधन भएको हो। मानवअधिकार र शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएका कार्टरको योगदानलाई विश्वभरि सम्मानका साथ स्मरण गरिन्छ।
धनुषा र महोत्तरीमा पर्ने दुधमती नदीको नक्साङ्कनको कार्य आइतबारदेखि सुरु भएको छ । मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा