कुनै पनि देशको विकास तथा समृद्धिका लागि दुई वटा कुरा अत्यन्त महत्वपूर्ण हुन्छन्, ‘ऊर्जा र भौतिक पूर्वाधार ।’
तीन दशकअघि नेपालमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएको थियो । भारतमा चन्द्रशेखर प्रधानमन्त्री बने ।
वैदेशिक रोजगार विभागका अनुसार मङ्सिर महिनामा मात्र करिब ८४ हजारले अध्ययन र रोजगारीका लागि देश छाडेका छन् ।
यहाँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पर्यटन राजधानी पोखराको फेवातालमा आइतबार अनौठा डुङ्गा देखिए । ड्रागन आकारका ती डुङ्गा गत वर्ष र यसपालि पनि चीनबाट पोखरा ल्याइएको हो । चीनमा लोकप्रिय ड्रागन बोट रेस गत सालबाट पोखरामा आयोजना गर्न थालिएको छ ।
सर्वोच्च अदालतको निर्देशन र सरकारको निर्णयको अवज्ञा गर्दै एकपक्षीय रूपमा गरिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमाथि वैधानिकताको प्रश्न उठेको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु ९गुरुङ० समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसाररल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
साङ्गीतिक समूह कन्दराले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को दिन नयाँ गीत ‘हुने छ : दी सङ्ग अफ होप’ सार्वजनिक गर्ने भएको छ ।
हुम्लामा रातभर सल्लाको दियालोको राँको बालेर भुओ पर्व मनाइएको छ । आइतबार रातिबाट राँको बालेर सार्वजनिक स्थानमा जम्मा भएका स्थानीयले हातमा राँको बालेर भुओ पर्व मनाइएको ठेहे गाउँका कालीबहादुर बोहोराले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।
सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
इलामको रोङ गाउँपालिकाले तितेकरेलाको सुकुटी बनाएर बेच्न थालेको छ ।
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।
राष्ट्रिय च्याउ दिवसको अवसर पारेर च्याउ मेला तथा परिकार महोत्सव हुन लागेको छ ।
काठमाडौँ, पुस १५ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसाररल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार-ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसाररल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो । “तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भन्नुभएको छ । यसैगरी उपराष्ट्रपति यादवले तोल ल्होसारको पनि शुभकामना व्यक्त गर्नुभएको छ । यस वर्ष पुस १६ गते [पुस शुक्ल प्रतिपदाको दिन] हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पालगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् । “हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उहाँले भन्नुभएको छ ।