मकवानपुरको मनहरी गाउँपालिका –५ मा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । वडा नं ५ स्थित वसन्तपुरकी कान्छीमाया रुम्बाको आइतबार साँझ बाघको आक्रमणबाट मृत्युभएको घटनास्थलमा पुग्नुभएका मनहरी गाउँपालिका वडा ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बोयलर कुखुराको मासु खाँदा अछाममा एक किशोरको ज्यान गएको छ । एकै परिवारका तीन जना गम्भीर बिरामी परेका छन् ।
मकवानपुर प्रहरीले चोरीको दुई वटा मोटरसाइकलसहित हेटौँडाको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आइतबार साँझ प्युठान नगरपालिका –७ टिकुरी बसपार्कमा मोटरसाइकलको ठक्करबाट मल्लरानी गाउँपालिका –४ बासखोला बस्ने ७० बर्षिय रामचन्द्र शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले सहरको उत्तर र दक्षिणका पहाडहरूमा एक लाख ७७ हजार २०० (लगभग ११ हजार ८१३ हेक्टर) वृक्षारोपण पूरा गरेको छ । उक्त प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।
खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवकसहित दुई जनालाई पक्राउ गरेको हो ।
भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ५ बोट बारीमा चाक्ले बगरस्थित भित्री सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ।
मेला लागिरहेका स्थानमा डोको, डालो थुन्से र नाङ्लो झुण्ड्याइएको छ। तिनै डोको डालोमा कृतिम लाइट जडान गरेर राति बत्ती बालिन्छ।
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भित्रिन लागेको ती औषधी कृष्णनगर नपा २ स्थित लिंकगेटमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताउनुभएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्ने मात्र नभई सूचना प्रवाह गर्ने दायित्वबाट पछि हट्नु नहुने बताउनुभएको छ।
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार कञ्चनजङ्घाको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको हो।