ल्हासा, पुस १४ गते । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले सहरको उत्तर र दक्षिणका पहाडहरूमा एक लाख ७७ हजार २०० (लगभग ११ हजार ८१३ हेक्टर) वृक्षारोपण पूरा गरेको छ । उक्त प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।
यो काम क्षेत्रको सबैभन्दा ठूलो वनीकरण परियोजनाको हिस्सा थियो, जुन सन् २०२१ मा सुरु भयो र १० वर्षमा कुल २०६ मिलियन म्यू वन बनाउने लक्ष्य राखिएको थियो ।
ल्हासाले १८ लाख वर्ग मिटरभन्दा बढी सहरी ठाउमाँ वृक्षारोपण गरेको छ । यसलाई यस क्षेत्रको मुख्य सरकारी कार्यहरू मध्ये एक मानेको छ । ल्हासाका मेयर वाङ छियाङले भन्नुभयो,“हामी सन् २०२५ मा सहरमा दुई लाख ५० हजार मिउभन्दा बढी नयाँ वनीकरण परियोजनालाई अगाडि बढाउँछौँ ।” रासस, सिन्ह्वा