मङ्सिर १ गतेदेखि सुरु भएको विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष/महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् ।
प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालले प्रलेस प्रतिभा पुरस्कार २०८१ धनकुटाकी साहित्यकार झमक घिमिरेलाई प्रदान गरेको छ।
सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा सम्पन्न भएको स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवा टिमले हात पारेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा फोहोर जलाएर प्रदूषण फैलाउने व्यावसायी र घरधनीविरुद्ध जरिवाना गरेको छ।
आयोजक ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्क तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ्गसिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुनेभएको छ । पुस १७ देखि २४ गतेसम्म आयोजना हुने सो प्रतियोगिताको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ ।
रौतहट जिल्लाको सदरमुककाम गौरमा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई भव्य स्वागत गरिएको छ ।
धनकुटाको पाख्रिबासमा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रूपमा रहेको पाख्रिबासमा अहिले पर्यटकका लागि पनि गन्तब्य बनेको छ ।
नेपालगन्जस्थित रङ्गशालामा सम्पन्न प्रतियोगितामा लुम्बिनीले सर्वाधिक १७ स्वर्ण, १३ रजत र सात कांश्य पदक जित्दै पहिलो भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताउनु भएको छ ।
फिदिममा आयोजना हुने गरेको फाल्गुनन्द गोल्डकप प्रतियागिताको क्रेज पुनर्जीवित भएको छ । कोभिड–१९ महामारी र फिदिमको खेल मैदान मर्मत कार्यका कारण स्थगित यो प्रतियोगिताले छ वर्षपछि आफ्नो पुरानै लोकप्रियतामा फर्किएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री ठकुरीले यस्तो दाबी गर्नुभएको हो ।
श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूत र माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रूपमा विकास गर्नका लागि महानगर लगानी गर्न तयार रहेको बताउनुभएको छ ।