तानसेनका खानेपानी उपभोक्ताहरुको सहजताका लागि तानसेन नगरपालिका –५ चिहानडाँडामा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिनेभएको छ । उपभोक्तालाई हरेक समयमा पानी उपलब्ध गराउने उद्देश्य राखी ५० लाख लिटरको ट्याङ्की बनाउन माटो परीक्षण गर्न लागिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
कैलालीका किसान तोरी खेतीतिर आकर्षित भएका छन् । गहुँ, मसुरो जस्ता हिउँदे बालीलाई छाडा चौपायाले बढी नोक्सान गर्ने गरेका कारण किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुका अनुसार छाडा चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गर्दछन् ।
नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो ।
कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।
अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य अमरराज कैनीद्वारा लिखित दुई कृतिहरू लोकार्पण गरिएको छ ।
ताप्लेजुङमा आगामी वैशाखमा कञ्चनजङ्घा हीरक महोत्सव मनाइने भएको हो ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई आइसीयुमा सारिएको छ ।
सातौं संस्करणको सुम्हात्लुङ मिनी म्याराथनको उपाधि पुरुषतर्फ पाँचथरको फिदिम १० का प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा) सेर्माले जित्नुभएको छ ।
जिल्लाको निस्दी गाउँपालिकामा बाघले गोरु मारेपछि सतर्क रहन आग्रह गरिएको छ । निस्दी –४, भोर्मामा बाघले गोरु मारेपछि स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ ।
अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
कामको सिलसिलामा भारतमा गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरि नेपाल पठाइएको छ ।
यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो ।