दाङ, पुस १४ गते । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा जाडो छल्न आएका जलेवा चरा । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न जलेवा पाहुना बनेर नेपाल आउने गर्छन् । तस्बिरः रासस
मोरङ, पुस १४ गते । माेरङको बेलबारी नगरपालिका–९, नलबारीमा ढकमक्क फुलेको तोरीखेतीमा चरनका लागि राखिएको घारसहित माैरी । तस्बिरः रासस
म्याग्दी, १पुस १४ गते । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरमार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह । तस्बिरः रासस
कालीकोट, पुस १४ गते । कालीकोटको खाँडाचक्र नगरपालिका ८, पिलीमा निर्माण भएको भ्यू टावर । तस्बिरः रासस
दमाैली, पुस १४ गते । तनहुँको भानु नगरपालिका–१ मा जारी प्रथम भानु महोत्सवमा राखिएको भानुभक्त आचार्यको शालिक । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ९ देखि महोत्सव आयोजना गरिएको हो । तस्बिरः रासस
कञ्चनपुर, पुस १४ गते । लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ जोडनका लागि कञ्चनपुरको दोदा नदीमाथि रु २२ करोड भन्दा बढीको लागतमा निर्माण हुँदै गरेको पक्कीपुल । तस्बिरः रासस
उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।
मुस्ताङ,पुस १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा अवस्थित छैरो छहरा । सडकबाट करिब १० मिनेटमा पुग्न सकिने उक्त झरना पछिल्लो केही वर्ष यता पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । तस्बिरः रासस
मध्यपुर थिमि, पुस १४ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सवका अवसरमा बालकुमारी मन्दिर परिसरमा बिक्रीका लागि व्यापारीले राखेको भटमास, मास, तिल, सिमीलगायत गेडागुडी । तस्बिरः रासस
मध्यपुर थिमि, पुस १४ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित तीनदिने मध्यपुर महोत्सवका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्न श्रेष्ठले प्रदर्शनीमा राखेको तस्बिर अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिरः रासस
कालिकोट, पुस १४ गते । कालिकोटको मान्म बजार र आसपासकाे क्षेत्र । तस्बिरः रासस
बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।
भाइबहिनीहरू, चितवन पर्यटकीय स्थल पनि हो । घुम्दा रमाइलो लाग्ने ठाउँ यहाँ प्रशस्त छन् ।
दशरथ रङ्गशालामा खेलिएको फुटबल खेलमा दुई खेलाडी हेडिङ गर्न उफ्रिँदा दुवै जनाको टाउको आपसमा ठोक्कियो र एक जना अचेत भएर मैदानमा ढले ।
केही दशकअघि धान काटिसकेपछि पराल खरिदबिक्री हुने गथ्र्याे । केही वर्षयता किसानले ट्याक्टरले खेतीपाती गर्न थालेपछि परालको खरिदबिक्री नहुँदा